स्वर्ण विजेता निमा सम्मानित

sag wushue
नयाँ शक्ति नेपाल (घनश्याम) उपत्यका संयोजन समितिले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा स्वर्ण पदक जित्न सफल निमा घर्ती मगरलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सागमा निमाले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।
नयाँ शक्तिका सह–अध्यक्ष कमलराज श्रेष्ठले निमालाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
त्यस्तै उसुकै अन्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो । सागको उसुमा नेपालले १ स्वर्ण, १० रजत र १ कांस्य जितेको थियो ।
सविता राई, विजय सिन्जाली, विश्व बुढा मगर, सुस्मिता तामाङ, युवराज थापा मगर, हरिप्रसाद गोले, झरना गुरुङ, विन्दु पुन, जुनि राई र राजेश चौधरीले रजत जितेका थिए । सरोज पुनले कांस्य हात पारेका थिए । उनीहरु सम्मान पत्रबाट सम्मानित भए ।
त्यस्तै नेपाल आर्मीका उसु प्रशिक्षक राजीव महर्जनलाई पनि कदर पत्रबाट सम्मान गरियो । सागमा आर्मीका खेलाडीले १ स्वर्ण र ५ रजत जितेका थिए । उसु खेलको विकास र विस्तारमा सहयोग पु¥याएवापत उसु प्रशिक्षक गोपाल श्रेष्ठ र शंकर थापा लेकालीलाई पनि सम्मान गरिएको थियो ।

Comment