सुन्दरद्वारा जलदेवीलाई खेल सामाग्री प्रदान

Manoj Shiama
2 January, 2016 7:47 pm

sundar kalpanae
पूर्व गोलरक्षक सुन्दर थापाले तनहुँको व्यास नगरपालिकास्थित श्री जलदेवी उमाविलाई खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।
व्यक्तिगत खर्चमा सुन्दरले उक्त विद्यालयलाई १५ थान फुटबल, १५ थान भलिबल र ५ थान नेट तथा रिङ, चेस, स्किपिङ रोप र स्लाइड बोर्ड समान १२–१२ थान प्रदान गरे । सुन्दरले उक्त विद्यालय सञ्चालक समितिका अध्यक्ष ठाकुरबहादुर दराईलाई विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । सो अवसरमा विद्यालयले सुन्दरसहित टे«ड युनियन कांग्रेसकी कल्पना अधिकारी र पुरुषोत्तम पोखरेलाई सम्मान गरेको थियो ।