क्यानडा माथि नेपालकोे जित

Manoj Shiama
12 October, 2026 7:24 am


ओमानमा जारी आईसीसी विश्वकप लिग– २ अन्तर्गत आइतबार नेपालले क्यानडालाई हराउँदै विजयी सुरुवात गरेको छ । नेपालले क्यानडालाई २४ रनले हराएको हो ।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा अलआउट भएर जम्मा २११ रन बनाउन सक्यो ।

क्यानाडाका लागि आरोन जोनसोनले ४४, समित गोहेलले ३५ रन जोडे । अखिल कुमार ३० रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिए ।

KLANG, MALAYSIA – SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रनको योगफल तयार गरेको थियो ।
नेपालको लागि पूर्वकप्तान रोहित पौडेलले आफ्नो तेस्रो ओडीआई शतक पूरा गर्दै १२६ बलमा १०१ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेपालको लागि गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए ।

क्यानडाको लागि बलिङतर्फ अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए ।

उक्त खेलमा शतक रन प्रहार गर्ने नेपालका पूर्वकप्तान रोहित म्यान अफ द म्याचले पुरस्कृत भएका छन् ।