त्रियोग चेस प्रतियोगिताको सुरु

Manoj Shiama
22 July, 2026 4:20 pm

 छैटी त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विद्यालयका कार्यकारी निर्देशक अजित लामा, प्रिन्सिपल चन्दायन प्रधान श्रेष्ठ र विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख दिपा भट्टले उद्घाटन गरे । 

८ स्पर्धा समावेश रहेको प्रतियोगितामा ६ सय भन्दा बढी खेलाडीको सहभागिता छ । त्रियोग हाइ स्कुलको आयोजनामा जारी ३ दिने प्रतियोगिताको पहिलो दिन चार समूहका छनोट खेल भए । 

स्विस लिग प्रणालीमा जारी प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ समूहका छात्र र छात्राको छनोट खेल सम्पन्न भयो । 

 चार वटै समूहका शीर्ष  २० स्थान पाउने खेलाडी शुक्रवार हुने अन्तिम चरणमा प्रवेश गरेका छन् । अग्रता आचार्य छात्रा ४ र कक्षाको समूहमा ५ चरणको खेलमा सत प्रतिशत जित सहित पहिलो स्थान पाइन् ।  टिआइएका ३ खेलाडी नै अन्तिम चरणमा प्रवेश गरे । 

छात्रा १ देखि ३ कक्षाको समूहमा युरो स्कुलकी आदिसी भट्टराईले ५ स्कोर गरिन् । सो स्पर्धामा अन्नपूर्ण र त्रियोग र रातो बङ्गलाका समान ३ जना अन्तिम चरणमा प्रवेश गरे । 

छात्र ४ र  ५ कक्षाका समूहमा रोजबडका आरभ श्रेष्ठले सत प्रतिशत जित हात पारे । छात्रको कक्षा १ देखि ३ उमेर समूहमा  

हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा भएको हो ।