त्रियोग चेस बुधवार देखि

Manoj Shiama
21 July, 2026 4:22 pm

 छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बुधवार सुरु हदै छ ।   त्रियोग हाइ स्कुलको  आयोजनामा हुने ३ दिने प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश छन् । 

स्विस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तरगत बुधवार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेर समूहका छात्र र छात्राको खेल हुने छ । 

बिहीबार कक्षा ६ र ७ तथा ८ देखि १० समूहको छनोट खेल हुने छ । शुक्रवार अन्तिम चरणको खेल हुने छ । 

हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको हो ।