क्षितिजलाई उपाधि
Manoj Shiama
20 July, 2026 2:06 am

तेस्रो जेजे क्याफे ओपन चेस प्रतियोगिताको उपाधि क्षितिज भण्डारीले जितेका छन् । ललितपुरमा भएको १० चरणको सो ब्लिट्ज प्रतियोगितामा भण्डारीले ९ अङ्क जाडे । समान अङ्क भएका बद्रीलाल नेपाली दोस्रो भए ।
८ अङ्क भएका सत्यम शर्मा तेस्रो तथा आशिष फुयाँल चौथो भए । केशव श्रेष्ठ पाँचौँ, रिसन थापा छैटौँ, कमल श्रेष्ठ सातौँ र मुहान नरसिंह श्रेष्ठ आठौँ भए । ७ दशमलव ५ अङ्क .भएका प्रकाश चन्द्र नेपाल नवौँ तथा राजन पुरी १० औ भए ।
विजयी खेलाडीहरूलाई महालक्ष्मी नगरपालिका–९ का अध्यक्ष जय किसन बोगटी, नेपाल बुद्धिचाल महासङ्घका महासचिव धन बहादुर बोगटी र आयोजक कमिटीका प्रमुख हरि श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।
