रामबृक्ष यादव स्मृति कुस्ती प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

चौथो रामबृक्ष यादव स्मृति कुस्ती प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधि जित्ने क्रममा पुलिस क्लबले ५ स्वर्ण पदक जितेको हो । प्रतियोगितामा २ स्वर्ण पदक सहित नेपाल आर्मी क्लब दोस्रो तथा १ स्वर्ण पदक सहित मधेस प्रदेश तेस्रो भयो ।
महिला तर्फ नेपाल पुलिस क्लबकी मनीषा सिंह तथा पुरुष तर्फ मधेसका सुजित यादव उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र रामबृक्ष यादव स्मृति प्रतिष्ठानकी अध्यक्ष बोधमाया यादवले पुरस्कार प्रदान गरे ।
यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ विशिष्ट अतिथि थिए ।
नेपाल कुस्ती सघका अध्यक्ष प्रकाश कुसारीको सभापतित्वमा कार्यक्रमको आयोजना भएको थियो ।

