मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने

नेपाल अल स्पोर्ट्स हबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौँ महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् । ।
डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सट पुट समावेश गरिएका छन् । दुई दिने प्रतियोगिता अन्तरगतका बाघचाल र बुद्धिचाल भने थापाथली चेस पार्कमा आयोजना हुने छ ।
नेपाली खेलकुदको विकास र संस्कृति रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ । खुला स्पर्धा भएका कारण बुद्धिचालमा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
रस्साकस्सीमा ८ जनाको टोली आवस्यक छ ।
रस्साकस्सीमा पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार तथा तेस्रो पुरस्कार ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । बुद्धिचालमा पहिलो हुनेले १० हजार , दोस्रो हुनेले ७ हजार तथा तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । चौथोले ५, पाँचौँले ४, छैटौँले ३ हजार तथा सातौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आठौँ देखि १० औ स्थानसम्म हुनेले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
सट पुट, बाघचाल, डण्डिबियो र घैटोफेरमा पहिलो हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक कमिटीका संयोजक दिपेन राईले बताएका छन् ।
