राधिका र परिधि मङ्गलादेवी स्मृति बुद्धिचालको शीर्ष स्थानमा 

Manoj Shiama
14 June, 2026 5:20 pm

मङ्गलादेवी स्मृति खुला महिला रेटिङ बुद्धिचाल प्रतियोगिताका ३ चरणका खेल आइतबार सकिएको छ । आइतबार भएका खेलमा सत प्रतिशत जित हात पार्दै काठमाडौँकी राधिका पौडेल र त्रियोगकी परिधि खत्री लगायतले अग्रता कायम गरेका छन् ।

 

शान्तिनगरकी नेलिसा ओझा र अन्नपूणकी जैनव खातनु लगायतको पनि ३ अङ्क छ । प्रतियोगिता अन्तरगत ९ चरणका खेल हुने छन् । काठमाडौँ महानगरपालिका –२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।