अन्नपूर्ण चेसको तयारी तीव्र
Manoj Shiama
31 May, 2026 8:37 pm

२१ औ राष्ट्रिय अन्नपूर्ण ब्द्धिचाल प्रतियागिता २०८३ २२ देखि २४ जेठमा हुने भएको छ । पहिलो दिन यु–९ र यु–११ का छनोट खेलहरु तथा दोस्रो दिन यु–१३ र १३ वर्ष माथिको उमेर समूहको छनोट खेल हुने सुरु छ ।
चार उमेर समूहको छात्र र छात्र गरी ८ स्पर्धा समावेश गरिएको प्रतियोगिताको कुल लागत ३ लाख १६ हजार २ सय ५० रुपैया रहेको छ ।
हरेक स्पर्धामा शिर्ष १० स्थानमा रहने खेलाडीका लागि पुरस्कारको व्यवस्था गरिएको विद्यालयबाट प्रेसित विज्ञप्तीमा जनाइएको छ ।
उपत्यकाका ३ जिल्ला तथा मोफसलका चितवन, झापा र रुपन्देही समेत गरी कुल ३०० जना भन्दा बढी विद्यार्थीको सहभागिात रहने अपेक्षा गरिएको छ । विद्यालयले यस अघि राष्ट्रिय महिला च्याम्पियनसिप तथा राष्ट्रिय युथ चेस च्याम्पियनसिपको आयोजना गरि सकेको छ ।
