बुद्धिचाल महासघको साधारण सभा दुई स्थानमा

अखिल नेपाल बुद्धिचाल महासघको साधारण सभा दुई स्थानमा भएको छ । अविश्वास प्रस्ताव दर्ता पक्ष धरको बहुमतको आधारमा काठमाडौँमा तय भएको हो । यसै गरी अविश्वास प्रस्ताव दर्ता भए पनि आफै माथि दर्ता भएको अविश्वास प्रस्तावमा बसेको बैठक पनि अवैध भएको दाबी गरिएको हो ।
आर्थिक अनियमितता लगायत विषयमा प्रतिनिधीहरुले अविश्वास प्रस्ताव दर्ता भएको हो । नेपालमा बुद्धिचाल खेलको कार्यालय समेत छैन ।
३ वर्षअघि निर्वाचन साधारण सभा भए पनि त्यस पछि साधारण सभा भएको छेन । विगतमा राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त भन्दा बढी जनाले ओेलम्पियाडमा जान प्रयास गरेका कारण ओलम्पियाडमा भिसा नदिइएको कारण धेरै चेसकर्मी आजित भएका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा कुनै प्रावधान नभएका कारण सचिवालयमा रहेका केही व्यक्तिको मनोमानी भएको भन्दै विगतमा खेलाडी तहबाट नै विद्रोह भएको थियो ।
