धादिङमा फिफा फुटबल फर स्कुल

Manoj Shiama
23 December, 2025 5:11 pm

धादिङ जिल्लामा फिफा फुटबल फर स्कुल कार्यक्रमको मङ्गलवार उद्घाटन भयो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष पङ्कज विक्रम नेम्बाङ,उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाह तथा गजुरी गाउँ पालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम भएको हो । 

गजुरी गाउँ पालिका– ५को गलौर्दी मैदानमा भएको सो कार्यक्रममा ३२ विद्यालयका ९६० विद्यार्थीको सहभागिता थियो । 

कार्यक्रम सञ्चालन भएका विद्यालयका किबो बोर्डिङ स्कुल, आदर्श मावि, एम्राल एकेडेमी, जगदम्बा बोर्डिङ इङ्लिस स्कुल, भेल भन्ज्याङ मावि, ब्राइट फ्युचर बोर्डिङ स्कुल, पशुपति शिक्षा मन्दिर, भद्रकाली गुरुकुल र बागेश्वरी मावि थिए । यसै गरी जनजागृति मावि, चन्द्रोदय मावि, राइजिङ स्टार, जलेश्वरी मावि र सत्यवती माविमा पनि सो कार्यक्रम सुरु भएको हो । परियोजनामा समावेश अन्य विद्यालयमा अन्नपूर्ण मावि, भिन्तुना मावि, महाकाली मावि, शङ्खदेवी मावि, कालिका मावि र  प्नहिल इङ्लिस बोर्डिङ स्कुल  छन् । 

कार्यक्रममा बोल्दै  एन्फा अध्यक्ष नेम्बाङले यस कार्यक्रमले फुटबल विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।