लिभरपुलको खराब प्रदर्शन जारी
Manoj Shiama
23 November, 2025 5:17 am

इङ्लिस प्रिमियर लिग फुटबलको शनिवार राती भएको खेलमा लिभरपुल नटिङघम फरेस्टसँग ३–० ले पराजित भएको छ । भ्रमणकारी टोली फरेस्टका लागि मुरिलो, निकोला साभोना तथा मार्गोन गिब्सले गोल गरे । अन्य खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ ले हरायो ।
सो खेलको ६३ औ मिनेटमा हार्भेन बार्नेसले न्यु क्याशललाई अग्रता दिलाएका थिए । ६८ औ मिनेटमा रुबेन डायसले सिटीका लागि गोल गरे । ७० औ मिनेटमा बार्नेसले निर्णायक गोल गरे ।
शनिवारकै खेलमा चेल्सीले बर्नलीसँगको खेलमा २–० को सफलता पायो ।