नेपाली टोलीलाई होटेल हारमोनीको बिदाइ
Manoj Shiama
11 October, 2025 6:40 am

एएफसी यु–१७ महिला एसिया कप २०२५ को छनोट प्रतियोगितामा भाग लिन नेपाली महिला फुटबल टोली थाइल्यान्ड प्रस्थान गरेको छ ।
टोलीलाई शुक्रवार होटेल हारमोनीले शुभकामना सहित बिदाइ गरेको छ । होटेलका प्रोप्राइटर नारायण देव राणाले बिदाइ गरे ।
छनोट प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा नेपालसँगै घरेलु टोली थाइल्यान्ड र तुर्केमिनिस्तान रहेका छन्। नेपाली टोलीले पहिलो खेल अक्टोबर १५ मा तुर्केमिनिस्तानविरुद्ध खेलेपछि दोस्रो खेल अक्टोबर १७ मा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । यी दुवै खेल थाइल्यान्डमै हुनेछ ।