नेपाली टोली थाइल्यान्ड प्रस्थान
Manoj Shiama
11 October, 2025 6:34 am

एएफसी यु–१७ महिला एसिया कप २०२५ को छनोट प्रतियोगितामा भाग लिन नेपाली महिला फुटबल टोली थाइल्यान्ड प्रश्थान गरेको छ ।
टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीहरूले बिदाइ गरे । एन्फा कम्प्लेक्स सातदोबाटोेमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष नेम्वाङले टोलीलाई शुभकामना व्यक्त गर्दै खेलमैदानमा आफ्नो सम्पूर्ण क्षमताको प्रदर्शन गर्न आग्रह गरे ।
छनोट प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा नेपालसँगै घरेलु टोली थाइल्यान्ड र तुर्केमिनिस्तान रहेका छन्। नेपाली टोलीले पहिलो खेल अक्टोबर १५ मा तुर्केमिनिस्तानविरुद्ध खेलेपछि दोस्रो खेल अक्टोबर १७ मा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । यी दुवै खेल थाइल्यान्डमै हुनेछ ।