एपिएफको पहिलो प्रतिद्वन्द्वी बङ्गलादेशी क्लब

दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप आयोजना गर्दै छ। आगामी मङ्सिर १९ देखि पुस ५ गतेसम्म हुने प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। प्रतियोगितामा साफका पाँच वटा क्लबले भाग लिँदै छन्।
जसमा साफका श्रीलङ्का र मालदिभ्सका क्लबको सहभागिता हुनेछैन। नेपालबाट एपिएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल फुटबल क्लब, बङ्गलादेशबाट नासरिन स्पोर्ट्स एकेडेमी र पाकिस्तानबाट कराची सिटी एफसीले भाग लिनेछन्। यस्तै भुटानको ट्रान्सपोर्ट युनाइटेडले पनि प्रतिस्पर्धा गर्नेछ।
नेपालको च्याम्पियन एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिनसँग मङ्सिर १९ मा खेल्नेछ।
त्यस्तै दोस्रो खेल भुटानको ट्रान्सपोर्टसँग मङ्सिर २५ मा, तेस्रो खेल कराँचीसँग मङ्सिर २८ मा र पुस २ मा इस्ट बङ्गलादेशसँग खेल्नेछ।
शीर्ष दुई टोलीबिच पुस ५ मा फाइनल हुनेछ।