डेम्बेलेले जिते बालोन डी आर अवार्ड

यस वर्षको बालोन डी ओर अवार्ड फ्रान्स तथा पेरिस सेन्ट जर्मनका फरवार्ड ओसमाने डेम्बेलेले जितेका छन् । उनले वार्सिलोनाका विङ्गर लामिन यामल र आफ्नै क्लबका भिटिन्हालाई पछि पारे । २८ वर्षीय फ्रान्सेली फरवार्ड डेम्बेलेले गत सिजन गत वर्ष पिएसजीलाई च्याम्पियनस लिग दिलाउने क्रममा ५३ खेलमा ३५ गोल र १४ एसिस्ट गरे । उनी च्याम्पियन्स लिग प्लेयर अफ द इयर समेत घोषित भएका थिए ।

शीर्ष १०मा पिएसजीका ५ खेलाडी अटाए । अक्राम हाकिमी छैटौँ, जियान लुइगी डोनानरमा नवौँ तथा नुनो मेनडेज १० औ स्थानमा रहे । लिभरपुलका मोहम्मद सलाह चौथो तथा बार्सिलोनाका राफिन्हा पाँचौँ स्थानमा रहे । रियल म्याड्रिडका केलिएन एम्बाप्पे सातौँ स्थानमा समावेश भए । चेल्सीका कोल पालमर आठौँ स्थानमा रहे ।
यामलले कोपा ट्रफी समेत जितेका छन् । स्पेनकी बोनामतीले लगातार तेस्रो पटक महिला तर्फको बालोन डी ओर अवार्ड जितिन् ।
