ओसिएबाट प्रधानलाई कारबाहीको चेतावनी
Manoj Shiama
31 August, 2025 8:44 pm

ओलम्पिक काउन्सिल अफ एसिया(ओसिए)ले सरकारबाट गठित तदर्थ ओलम्पिक कमिटीका अध्यक्ष ध्रुव बहादुर प्रधानलाई अनधिकृत रूपमा ओसिएको लोगो प्रयोग नगर्न भनेको छ । ओसिएका महा निर्देशक हुसेन अल मुसालमले हस्ताक्षर गरेको विज्ञप्तिमा यसरी ओसिएको लोगो प्रयोग भएमा कानुनी कारबाहीको चेतावनी समेत दिएको छ ।