पहिलो खेलमा एपिएफको हार
Manoj Shiama
26 August, 2025 6:47 am

एएफस्री महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपिएफ उज्बेकिस्तानको पिएफसी नासाफसँग पराजित भएको छ । सोमबार राती मकंजाई रङ्गशालामा भएको समूह बिको खेलमा एपिएफ ३–०ले पराजित भएको हो ।
पहिलो हाफमा नै विजयी टोलीकी डियोखारुन खाबीबुलेभाले दुई गोल गरिन् । मथुना सयिमोभाले एक गोल गरिन् । माफतुना सोइमोभाले अर्को गोल गरिन् । १३ औ मिनेटमा लारिना एक्टारिनाले लामो दुरीबाट गरेको प्रहार क्रसबारमा लागेर फर्के पछि रिबाउन्डमा डियोखारुनले गोल गरिन् । त्यसको ३ मिनेट पछि उनैले अर्को गोल गरिन् । पहिलो हाफमा नै एपिएफका खेलाडीले क्लियर गर्न नसकेको बल सइमोभाले गोलमा परिणत गरिन् ।