७ दिन भित्रमा स्पष्टीकरण माग

Manoj Shiama
23 August, 2025 6:04 am

नेपाल ओलम्पिक कमिटीले आफ्ना निकायका केही व्यक्तिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आइओसी र आसिएको सहयोगमा निर्माण भएको ओलम्पिक भवनमा जीवन राम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहज वातावरण बनाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । 

साथै अनधिकृत रूपमा आइओसी  र ओसिएको लोगो प्रयोग बन्द गर्न पनि भनिएको छ । बैठकले केही दिन अघि सरकारले गठन गरेको भनिएको ओलम्पिक कमिटीमा रहेका रहेका केही व्यक्तिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अहिले सरकारले गठन गरेको तदर्थ समितिको संयोजकमा संयोजक रहेका ध्रुव बहादुर प्रधान अध्यक्ष छन् । नेपालमा कुनै प्रतियोगिता आयोजना नगर्ने  र आफ्नो खेलको गतिविधि समेत नगर्ने खेलको रूपमा रहेको छ । एथलेटिक्स सङ्घका अध्यक्ष राजीव शाह र फेन्सिङ सङ्घका अध्यक्ष सुनिल श्रेष्ठ पनि सदस्य छन् । यी दुवै खेलको नेतृत्व गर्दा दुवै अध्यक्ष आफ्नै खेलमा नियमित राष्ट्रिय प्रतियोगिता आयोजना गर्न समेत असफल छन् । टेबल टेनिसको अध्यक्ष रहेका बृजेन्द्र हमालको नेतृत्वलाई अन्तर्राष्ट्रिय महासङ्घले स्वीकार गरेको छैन । सो ओलम्पिक कमिटीमा प्रवक्ता रहेका समिम मियाँ अन्सारी कुनै सङ्घमा छैनन् । केही समय अघि सम्म नेपालमा कुस्ती सङ्घको दुई सङ्घ  रहे पनि अहिले प्रकाश कुसारीको नेतृत्वलाई विश्व कुस्ती महासङ्घले स्वीकार गरी सकेको छ ।

तदर्थ कमिटीमा रहेका निलेन्द्र राज श्रेष्ठ अहिले सरकारले अवैधानिक भनेको जीवन राम श्रेष्ठ अध्यक्ष रहेका ओलम्पिक कमिटीको निर्वाचनमा आफै अध्यक्षका उम्मेदवार थिए । यसै गरी, रवि राज कर्णिकारले ८ मार्चमा ओसिएको रोहबरमा सहमति गरेका थिए ।