सिटीको शानदार सुरुवात
Manoj Shiama
17 August, 2025 6:17 am

गएको सिजन कमजोर प्रदर्शन गरेको म्यानचेस्टर सिटीले यस सिजनको इङ्लिस प्रिमियर सिपमा शानदार सुरुवात गरेको छ । शनिवार भएको खेलमा म्यानचेस्टरले उल्भ्सलाई ४–० ले हरायो । सिटीका लागि एर्लिङ हलान्डले दुई गोल गरे । यसै सिजन एसी मिलानबाट सिटीमा पुगेका रिजन्डर्सले आफै एक गोल गर्नुका साथै अन्य दुई गोलका लागि अवसरको सृजना गरेका थिए ।
३४ औ मिनेटमा रिको लेविसको पासमा हलान्डले पहिलो गोल गरेका थिए । सो गोलको अवसर सृजना गर्नमा पनि रिजन्डर्सको भूमिका धेरै थियो । रेजिन्डर्सले ३७ औ मिनेटमा गोल गरे । ६१ औ मिनेटमा रेजिन्डर्सकै सहयोगमा हलान्डले अर्को गोल गरे । बेन्चबाट आएका रायन चेरेकीले ८१ औ मिनेटमा गोल गरे ।