गणेश थापा र गौरव थापाको नै रिट खारेज

पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को विरुद्धमा दर्ता गरेको रिट खारेज गरेको छ । गणेश थापाले एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङको विरुद्धमा १९ वैशाखमा तथा ३१ वैशाखमा अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको छ । थापाले एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको दाबी गर्दै १९ वैशाखमा रिट दायर गरेका थिए ।

यसै गरी गौरवले पनि २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय तथा २ जेठमा अदालतको अवहेलना सम्बन्धमा एन्फा र अध्यक्ष पङ्कज विक्रम नेम्बाङलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । सो रिट बुधवार खारेज भएको हो । गणेश थापाको रिटमा भने ४ असारमा नै फैसला भइसकेको थियो ।
२६ बैशाखामा काभ्रेको धुलिखेलमा भएको साधारण सभामा अध्यक्ष थापाले फिफाको १० वर्षको प्रतिबन्धको समय सकिएका कारण प्रवेश पाउनु पर्ने आवाज उठाए पनि एन्फाले प्रक्रिया नपुगेको भन्दै उनीहरू दुवैलाई प्रवेश दिएको थिएन । सो रिट बुधवार फैसला भएको हो ।