काव्य स्काउट कप अन्तर विद्यालय फुटबल बुधवार सुरु हुने
Manoj Shiama
12 August, 2025 12:49 pm

दोस्रो काव्य स्काउट कपअन्तर विद्यालय फुटबल प्रतियोगिता बुधवार सुरु हुँदै छ । शान्तिनगर फुटसलमा आयोजना हुने ३ दिने प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको काव्य स्कुलका खेलकुद इन्चार्ज सोनाम महर्जनले जानकारी दिए । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुने छ ।
प्रतियोगितामा सहभागी विद्यालयमा बाग्मती बोर्डिङ स्कुल,दिक्षालय , अक्षरा स्कुल, विद्या वाणी, पुष्पाञ्जली र भानोदयका टोली छन् । आयोजक काव्य सहित एआइए, नोबेल र एसभीका टोली पनि सहभागी छन् ।