साउदी अरेबियामाथि नेपालको जित

Manoj Shiama
9 August, 2025 7:38 am

काठमाडौं– नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हात पारेको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । यस जितसँगै नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै, यस हारसँगै साउदी भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन् । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ ।