मकेन्द्रको नेपाल देखि अमेरिकासम्मको सफलता
Manoj Shiama
21 December, 2021 4:53 pm
मकेन्द्र सिंह, नेपाली कराँतेका परिचित हस्ती । ४० को दशकमा कराँतेमा प्रवेश गरेका मकेन्द्रको यो लामो यात्राले नेपाली समाज र त्यहाँको वास्तविक अवस्थाको चित्रण गरेको छ । सुरुवातमा उनी ब्रुसलीका फ्यान । यसैका प्रभावमा उनी मार्सल आर्टमा तानिए । सुरुवाती दिनमा नै सुदूर पश्चिमका परिचित खेल व्यक्तित्व किशोर हमालसँग कराँते सिक्न थालेका थिए । फिल्मबाट प्रभावित भएर कराँतेमा आबद्ध भएको केही दशकमा समुद्र पार पनि यसै खेलमा प्रभाव जमाउने कुरा उनले सो समयमा सोचेका पनि थिएनन् ।नेपाली कराँतेमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको ५० केजी तौल समूहका खेलाडी मकेन्द्रका लागि राष्ट्रिय च्याम्पियन हुन पनि कठिन नै थियो । सुदूर पश्चिमको सामान्य परिवारमा जन्मेको उनी आठ दाजु भाइ मध्यका छैटौँ हुन् ।
बाल्यकाल र युवा कालका थुप्रै यादगार घटना उनका सामु छन् । ०४७ मा भएको शिव चरण अन्तर्राष्ट्रिय प्रतियोगिता धनगढीमा भएको थियो । कैलालीका स्थायी बासिन्दा उनका लागि यो ‘ होम स्वीट होम ’को रूपमा रहेको थियो । यसै प्रतियोगितामा उनी वेस्ट फाइटरका साथै स्वर्ण पदक विजेता भएको थिए ।
यसको दुई वर्ष पछि जनकपुरमा भएको प्रथम राष्ट्रिय कराँते प्रतियोगिता उनका लागि दुखद रहेको थियो । यसमा एउटा गल्तीले अयोग्य घोषित उनले फेरी सफलता पाउन कुर्नु परेको थियो । ५० को दशकको सुरुवात नेपाली कराँतेमा मकेन्द्रको प्रभाव सुरु भयो । यस पछि लामो उनी नेपाली कराँतेमा छाइ रहे । नेपाल र भारतमा भएको थुप्रै प्रतियोगितामा उनी सफल भए । भारतको मध्य प्रदेशमा सम्पन्न अल एसियन कराँते च्याम्पियनसिपमा उनी वेस्ट फाइटर घोषित हुनुका साथै स्वर्ण पदक जित्न सफल भएका थिए ।
सन् १९९४ मा पुनेमा भएको प्रतियोगितामा पनि उनी वेस्ट फाइटर घोषित हुनुका साथै स्वर्ण पदक जित्न सफल भएका थिए ।
काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका उनले २००६ मा जर्मन ओपन च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । २००६ मा फ्लोरिडामा सिट्रस कपमा पनि मकेन्द्रको सहभागिता थियो । सो स्पर्धामामा पनि उनले स्वर्ण पदक जितेका थिए ।
लामो समय देखि अमेरिकामा रहेकामा रहेका उनले २००७ मा त्यहीँको विस्कन्सीनमा भएको कराँते प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । नेपालमा रहँदा नै उनी किक बक्सिङका पन सफल खेलाडी थिए । उनी र एसियाड पदकधारी समर बहादुर गोलेले सन् १९९७ मा क्रोएसियामा भएको विश्व किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । यो पनि नेपाली खेलकुदको कीर्तिमान हो ।
अमेरिकामा पनि कराँतेमा सक्रिय रहेका मकेन्द्र त्यहाँका राष्ट्रिय महासङ्घको सदस्य पनि हुन् । लास भेगासमा हुने युएस ओपन कराँतेमा लामो समय सहभागिता जनाएका उनले मकेन्द्र अमेरिकाको राष्ट्रिय रेफ्रि समेत हुन् ।नेपालबाट अमेरिका पुग्नेको लामो जमात छ । यो लामो जमातमा त्यहाँको खेलकुदमा आफूलाई स्थापित गर्ने थोरै व्यक्ति मध्यका हुन् ।