ललितपुरसँग बुटवल पराजित 

Manoj Shiama
12 May, 2021 8:24 pm
ललितपुर सिटी एफसी खुकुरी एनएसएलको दोस्रो क्वालीफायरका लागि छनोट भएको छ । बुधवार भएको इलीमेनेटर खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–०ले हराएको हो । ललितपुरलाई जित दिलाउने क्रममा ६३ औ मिनेटमा अञ्जन विष्टले गोल गरे ।
 ललितपुरका गोल रक्षक अर्पण कार्की सुपर प्लेयर अफ द म्याच भए पनि सोही टोलीका मिचेन तामाङ इमर्जिङ प्लेयर घोषित भए ।