पे वेल एनएसएलको टिकट पार्टनर
Manoj Shiama
25 March, 2021 8:14 pm

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले पे वेल नेपाललाइ टिकटिङ पार्टनर चयन गरेको छ । आयोजककी प्रमुख अस्रयता कार्की चौधरीले बुधवार आयोजित पत्रकार सम्मेलनमा यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । पे वेलले विभिन्न काउन्टरबाट तथा आफ्नो डिजिटल स्वरुपा प्रयोग गरेर देश भरी टिकट विक्री गर्ने छ । पे वेलका कार्यकारी प्रमुख भीम प्रसाद तिमल्सीनाले पनि नेपालको कम्पनी ऐन अनुसार चलेको यो संस्थाले फाइभ जी,चोर जी, थ्री जी तथा वाई फाइ तथा अन्य इन्टरनेट प्रयोग गरी विद्युतीय स्वरूपमा आर्थिक कारोबारको सुविधा दिएको बताए ।