टेनिस टोली कतार प्रस्थान


कतार टेनिस महासंघको आयोजनामा हुने कतार एसियाली जुनियर यु–१४ टिम कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार कतार प्रस्थान गरेको छ । खेलाडीहरुमा निश्चल अधिकारी, कुवेहाङ चेम्जोङ, सफल श्रेष्ठ र सरोज तामाङ रहेका छन् । प्रशिक्षकको भूमिका रामकृष्ण घर्ती क्षेत्री छन् । प्रतियोगिता कतारको दोहामा डिसेम्बर २५ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ ।
टोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा तथा सदस्यद्वय ज्ञानेन्द्र खनाल र पुरुषोत्तम कोइरालाले सातदोबाटोमा एक कार्यक्रमबीच शनिबारै बिदाइ गरे ।

Comment