रियल म्याड्रिड सफल

Manoj Shiama
29 May, 2017 12:00 am

रियल म्याड्रिड सान क्लबले रियो एसईई फुटसल प्रतियोगितामा आइतबार जित हात पारेको छ । रियल म्याड्रिडले ग्याम्ब्लिङ युथ क्लबलाई ३–२ गोलले पराजित ग¥यो ।
अन्य लिगमा क्लासिक एफसीले ब्ल्याक स्टेटलाई २–१, सीतापाइला एफसीले सीबीआईएलाई ४–०, कालिका युथ क्लबले ड्रिमर्सलाई ६–२, बुढानीलकण्ठले द अनटाइटललाई ३–१, बास्मीटार युथ क्लबले सेता गणेशलाई १०–५, सुटर फुटसलले खुमल्टार युथ क्लबलाई ३–२, युनाइटेड एफसीले एनएनएसपीलाई ५–२, जेम्सले दमौली ब्वाइजलाई ३–२, एनिम्याक्सले बेलरलाई ५–२, न्यु जेनिथले सिक्टी नाइन युनाइटेड एफसीलाई ६–०, भाटभटेनीले सेती देवी युथ क्लबलाई ९–४, महावीरले साँगा चौक युथ क्लबलाई ७–२ तथा लोयल्टी एकेडेमीले मध्यपुर युथ क्लबलाई ३–२ गोलले हराए ।