उमेर समुहको समुह विभाजन
Manoj Shiama
21 April, 2017 11:01 pm
एसियाली फुटबल महासंघ( एएफसी)ले आसन्न यु–१६, यु–१९, र यु–२३ उमेर समुहको छनोट ड्र सार्वजनिक गरेको छ । सेप्टेम्बर १६ देखि २४ सम्म सातदोबाटोमा हुने एएफसी यु–१६ छनोट खेलमा नेपाल समुह डीमा भारत, इराक र प्यालेस्टाइनसंग रहेको छ । १० समुहमा शिर्ष टोली पाच उत्कृष्ट उपविजयी तथा आयोजक देशले अन्तिम चरणमा सहभागिता जनाउने छन् ।
३१ अक्टोबर देखि ९ नोभेम्बर सम्म हुने यु–१९ छनोटमा नेपाल समुह एमा आयोजक क्रिग गणतन्त्र, बहराइन, युएइ र ओमानसंगै रहेको छ । जुलाइ १९ देखि २३ मा युएइमा हुने यु–२३ छनोटमा नेपालले पहिलो खेल युएइसंग तथा अन्य खेल उज्वेकिस्तान र लेबनानसंग खेल्ने छ ।