थर्ड आईको मैत्रीपूर्ण फुटबल
थर्ड आई युथ क्लब, नयाँ बानेश्वरले दीपावलीको अवसर पारेर स्वस्थ जीवनका लागि खेल भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने भएको छ । दशै तिहारमा खाने र लगाउने मात्र होइन स्वास्थलाई खयाल राखि खेलकुदलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्दै प्रतियोगिता आयोजना गर्न लागेको हो । आउँदो शनिवार च्यासलस्थित फुटबल मैदानमा बानेश्वर क्षेत्रलाई केन्द्रित गरेर मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक भक्तशंकर श्रेष्ठले बताए ।
दिपावलीको अवसर पारेर क्लबले हरेक वर्ष मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने र चाडबाडमा आपसी भाइचारालाई बढावा दिने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने गरिएको श्रेष्ठले बताए । बानेश्वर क्षेत्रमा बसोबास गर्नेहरुलाई विवाहित र अविवाहितबिच टिम निमार्ण गरी प्रतियोगिता गरिने श्रेष्ठले बताए । खेलकुदले सबै समुदायलाई एकै थलोमा ल्याउन सजिलो हुने भएकाले सबैका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै प्रतियोगिता गर्न लागेको श्रेष्ठले बताए । क्लबले बानेश्वर श्रेत्रमा प्रत्येक शनिवार सरसफाइ कार्यक्रमसमेत गर्दै आएको छ ।