सधैँ उत्कृष्ट यी दाजु भाइ 

५० को दशकको सुरुवाती समय बक्सिङका तत्कालीन राष्ट्रिय च्याम्पियन प्रकाश थापा मगरले टिकाथली बक्सिङ क्लबमा प्रशिक्षण दिने काम पनि गर्थे । यसै समय बक्सिङ सिक्न उनका भाइ रामचन्द्र थापा मगर पनि आइ पुगे । प्रकाश त सोही समयका नाम चलेका मुक्केबाज , रामचन्द्र भने नयाँ । यी नै प्रकाश र रामचन्द्रको समन्वय यसरी मिल्यो की काठमाडौँमा आठौँ दक्षिण एसियाली खेलकुद आयोजना हुँदा यी दाजु भाइले नै स्वर्ण पदक जितेर इतिहास कायम गरेका थिए । नेपाली बक्सिङ यी दाजु भाइले राखेको दुर्लभ कीर्तिमान  सायदै भङ्ग हुने छ ।
टिकाथलीमा बक्सिङ सिक्न जाँदा रामचन्द्र १८ वर्षका थिए । उनले यसरी प्रगति गरेँ,की त्यो प्रगति सायद धेरेका लागि अनुकरणीय हुन सक्छ । २०५३को समयमा त उनी आर्मीका  आर्मीमा तेज बहादुर चन्दलाई हराउँदै पहिलो पटक लाइटवेल्टर वेटका राष्ट्रिय च्याम्पियन भएका थिए ।
यस पछि उनले पाकिस्तानमा भएको खेलमा सहभागिताको अवसर पाएका थिए । उनले त्यहाँ दुई बाउट जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा उनी जापानी खेलाडीसँग पराजित भए ।
यस पछि उनी १३ औ एसियाली खेलकुदमा सहभागी भएका थिए  । कोरियामा भएको विश्व च्याम्पियनसिप छनोटमामा सहभागी उनी किङ्स कप र ओलम्पिक छनोटमा पनि सहभागी थिए ।
लामो समय बक्सिङबाट टाढा रहेका उनी अहिले आरजेको रूपमा सक्रिय छन् । नेपाली बक्सिङमा धेरै समस्या पनि नभएका होइनन् । परन्तु उनी ती समस्या समाधान गर्न आफ्नो भूमिका सकारात्मक रहने कुरामा आशावादी रहेका छन् । यसै गरी नेपाल आर्मी क्लबको गणमा प्रशिक्षण गराइ रहेका छन् ।
नेपाली बक्सिङमा विविध समस्याका बाबजुद अध्यक्ष राम अवालेको भूमिकामा उनी सन्तुष्ट छन् । अनि उनका लागि नेपाली बक्सिङका आदर्श पुरुष उनकै दाजु प्रकाश हुन् ।
टिकाथालीका बाबकाजी थापा मगर र सुभद्रा थापा मगरका चार छोरा मध्य जेठा प्रकाश र साइँला राम चन्द्र मात्र होइन कान्छा प्रभुदास थापा मगर पनि खेल व्यक्तित्व हुन् । माहिला सुवास थापा र प्रकाशकी बहिनी रत्न रेखा थापा मात्र खेलकुदमा सरिक छैनन् ।
दाजु प्रकाश र भाइ रामचन्द्रको यो समन्वय अझै यथाबत  छ । दाजु प्रकाशको प्रशिक्षक नेतृत्वमा नेपाली बक्सिङको पाइला अघि बढी रहेको छ । भाइ रामचन्द्र आरजेको रूपमा यस खेलमा छन् ।
Comment