नेपाली आर्टको आबस्यकता

dr soke singh
सोके डा. जगदीस सिंह खत्री । कब्याट उसुमा आबद्ध नेपाली मुलका भारतीय नागरीक । मार्सलल आर्टका ग्रान्डमास्टर । लामो समय देखि मेलिटरी आर्टका बिशेषज्ञ ब्यक्तित्व । नेपाली आर्टमा परिचित गुरु ।  बुडो निजेत्सुको प्रतिपादक । उनै खत्रीसंगको कुराकानीको सार संक्षेप ।
बुडो निजेत्सु भन्ने नया शब्द सुनीयो । यसको उद्धेश्य चाही के होला ?
बुडोको अर्थै परम्परागत मार्सल आर्ट तथा तथा निजेत्सुको अर्थ आध्यात्मीक आर्ट हो । यसको अर्थ कुनै रुपमा विकसीत आर्ट हो । आध्यात्मीक आर्टको प्रतिपादक गौतम बुद्ध हुनु हुन्छ । पछि यो लोपान्खुख भएको अबस्थामा हामीले फेरी विकास गरेका हौ । गौतम बुद्धबाटै उसु, कराते लगायत आर्ट तयार भएको हो । उनको साथमा रहेका साधुलाई जंगलमा असुरक्षाको महशुष भए पछि बुद्ध आफै कम्ब्याट आर्टको विकास भएको हो । बुद्ध भएको नाताले मार्न नमिल्ने तर पनि आत्मसुरक्षाका लागि  मार्सल आर्टको आबस्यकता परेको तितयो ।
यसलाई खेलको रुपमा कसरी विकास गर्नु भयो ?
यसमा खाली हात हुन्छ ।  चाइनीजले उसुको रुपमा विकसीत गरे । अन्यले पनि त्यसैको रुपमा । ब्यबहारिक रुपमा जोखीम भए पनि खेलको रुपमा विकसीत हुदा यो कलाको रुपमा रहन्छ र यसमा कुनै खतरा हुदैन । नेपालमा सन् १९८९ मा यो स्थापीत भएको हो । हामीले नै युरोपमा २००९ मा दर्ता गरेर ग्रान्डमास्टरको उपाधि पाएको हु । पोल्यान्डमा अहिले पनि यो परिचित छ । उत्तर अमेरिकी पानामामा एउटा डोजो रहेको छ । अर्जेन्टिान, पेरु र मेक्सीकोमा पनि यसको प्रबेश भइसकेको छ
आधुनीक मार्सल आर्ट र परम्परागत मार्सल आर्टको भिन्नता के हो ?
सुरुवातमा मार्सल आर्टका जन्मदाता गौतम बुद्ध भए पनि पछिल्लो समय सैनिक सेवामा युद्धका लागि यसलाई उपयोगी मानीन थालीयो । पछि हतियार सहित र हतियार रहित मार्सल आर्ट विभाजीत भयो । यसै हतियार रहित मार्सल आर्ट खेलको रुपमा विकसीत भयो । अहिले हामीले पनि डमी खुकुरीको प्रयोग गरेका हौ । नेपाली इतीहास र सैनिकको प्रतिकको रुपमा पनि खुकुरीलाई लिइन्छ । समग्रमा नेपाली खेलकुदको बारेमा भन्नु पर्दा
नेपाली खेलकुद राम्रो लाग्छ । तर नेपालको आफ्नो चिनो छैन । भारतमा उनीहरुकै आफ्नो खेल छ । त्यसैलाई स्थापीत गराउन प्रयासरत छन् । हाम्रा आफ्ना प्रतिक छन् । यसलार्इै उपयोग गर्न प्रयास गर्नु पर्छ भन्ने हो । मैले कमान्डोलाई प्रशिक्षण दिएको छु । त्यहा परम्परागत खेललाई पनि प्राथमिकता दिइन्छ । युरोप र उत्तर भारतमा रहेको आर्ट नेपालमा पनि विकास भएको छ । आफ्नो पनको पनि विकास भएको राम्रो हुन्थ्यो ।
नेपालमा कत्ति बर्षमा  कम्ब्याट मार्सल आर्ट प्रभावकारी हुन्छ जस्तो लाग्छ ?
मिहेनत गर्दै जादा एक बर्षमा छाउछ भन्ने बिश्वास लाग्छ । मार्सल आर्टको स्वरुप फेरीदै छ । हामीले एटेक टु एटेकलाई परिर्माजन गर्दै रक्षात्मक नितीको विकास गरेका छौ । काताको पनि विकास गरेका छौ । मलाई लाग्छ यी सबै प्रयासका कारण एक बर्षमा हामी सफल हुने छौ । केही दिन अघि डा. डिग्री पाएका रण बहादुर बोगटी नेपालमा सक्रिय हुनु हुन्छ । बिश्वास छ उहाको प्रयासले केही दिनमा नेपालमा राम्रो फड्को मार्ने छ । अन्त्यमा नेपाली खेलकुदलाई भन्नु पर्ने कुरा
गौतम बुद्धको आर्ट बिश्वमा चल्यो । तर हाम्रो मार्सल आर्ट हामीले जोगाउन सकेनौ । नेपालमा पनि आर्ट छ भनेर चिनाउने हाम्रो चाहना छ । यसमा खुकरी सहितको मार्सल आर्टले नेपाललार्य चिनाउने छ भन्ने बिश्वास हो ।

Comment