खेलाडी संघको ध्यानाकर्षण

नेपालमा क्रिकेट संघमा देखिएको विवादलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेट संघलाई लगाएको प्रतिवन्धको सम्वन्धमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको गंभिर ध्यानाकर्षण भएको छ ।
नेपालमा विकासको क्रममा रहेको खेल मध्येको एक राष्ट्रिय स्तरमा जन समर्थन प्राप्त खेल संघमा बिवाद श्रृजना भई दुई संघ अस्तित्वमा आएकोले उक्त कार्यलाई अन्तराष्ट्रिय संघले अमान्य ठहर गरि नेपाल क्रिकेट सघलाई प्रतिवन्ध लगाएको खेलाडी संघको ठहर भएको जनाइएको छ ।
“नेपाललाई विश्व मान चित्रमा परिचित गर्न सफल क्रिकेट खेलको राष्ट्रिय संघलाई प्रतिवन्ध लगाउनाले अन्तराष्ट्रिय स्तरबाट प्राप्त हुने सवै किसिमका सहयोग समेत प्रभावित हुन गई नेपालमा क्रिकेट खेल विकास धाराशाही हुनुका साथै उक्त खेललाई विकास गर्ने क्रममा राज्यले लगाएको सम्पूर्ण लगानी खेर जाने स्पष्ट छ । आफ्नो अथक परिश्रम र खेल कौशलताका कारण एक पछि अर्को जित हात पार्दै सम्पूर्ण जात जाती, धर्म, संस्कृती, राजनीतिलाई एकिकृत गर्दै राज्यको भावना जागृत गर्न सफल खेलाडीहरुको मनोवलमा यस्ता प्रतिवन्धले नकारात्मक असर पर्नुका साथै त्यस खेल प्रति अभिरुची राख्ने सम्पूर्ण जनमानसमा यसले प्रत्यक्ष प्रभाव पार्ने भएकोले अन्तराष्ट्रिय क्रिकेट परिषद्ले लगाएको प्रतिवन्धलाई फुकुवा गर्नुका साथै दुई संघको अन्यौलतालाई यथा सिघ्र समाधान गर्न नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ नेपाल सरकार र सरोकारवाला निकायहरु संग जोरदार माग गर्दछ” संघका महासचिव दीपक श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

Comment