अम्बिका स्मृति जुडो शनिबार

ambika memorial judoe
नेपाल जुडो संघको आयोजनामा सातौं अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताअन्तर्गत पुरुष÷महिलाको क्याडेट र जुनियरको विभिन्न उमेर समूहमा विभिन्न २४ तौल समूहमा प्रतिस्पर्धा हुने जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । क्याडेटमा १६ र जुनियरमा ८ स्पर्धा समावेश छन् । करिब १ सय ५० खेलाडीको सहभागिता रहने एकदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ ।
जुडो संघका तत्कालिन उपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको स्मृतिमा क्षेत्रीका परिवारको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको छ । क्षेत्रीको २०६५ साल फागुन ६ गते निधन भएको थियो ।
प्रतियोगितका लागि स्व. क्षेत्रीका परिवारले १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । अमेरिका बस्दै आएका स्व. क्षेत्रीका साइला छोरा आमोदले उक्त रकम बराबरको चेक मंगलबारै जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । प्रतियोगिताको अनुमानित खर्च २ लाख २० हजार रुपैयाँ रहेको जुडो संघले जनाएको छ । नपुग रकम आयोजकले व्यहोर्ने छ ।
भविष्यको सम्भावनालाई मध्यनजर गर्दै यो वर्ष जुनियर स्तरको प्रतियोगिता गर्न लागेको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । विगतका छ संस्करण सिनियर स्तरको थियो ।
पत्रकार सम्मेलनमै स्व. क्षेत्रीले जुडो खेल्दा प्रयोग गरेको गिनेपाल ओलम्पिक संग्राहलयलाई हस्तान्तरण गरिएको थियो । छोरा आमोदले दुई थान गि संग्राहलयका संस्थापक क्षितिज अरुण श्रेष्ठलाई हस्तान्तरण गरे ।
आमोदले बुवाको स्मृतिमा प्रतियोगिता आयोजना गर्न सहयोग गर्दै आएकोमा जुडो संघप्रति आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

Comment