पौडीको फिना अफिसियल क्लिनिक सम्पन्न

????

नेपाल पौडी संघको आयोजना तथा अन्तराष्ट्रिय पौडी महासंघ फिनाको सहयोगमा आयोजित तीन दिने फिना अफिसियल क्लिनिक मंगलबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय पौडीमा आएको परिमार्जित नियमहरुको बारेमा जानकारी गराउनुका साथै प्रतियोगिताहरुमा निर्विवाद रुपमा निर्णायकको भूमिका निर्वाह गर्ने निर्णायकहरुलाई दुरुस्त राख्नका लागि उक्त क्लिनिक आयोजना गरिएको हो ।
क्लिनिकमा राज्यका विभिन्न स्थानका ४० जना प्रशिक्षकहरुले फिना नियमको बारेमा दिक्षित हुने अवसर प्राप्त गरे । क्लिनिकमा सहभागी प्रशिक्षार्थीहरुलाई फिनाको विकास अधिकृत रसियन नागरिक आन्द्रिया भ्लास्कोभले फिनाका नियमहरुको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । फिनाले पौडी खेललाई आकर्षित मर्यादित बनाउनका लागि प्रतियोगिता सम्वन्धि नियमहरुमा वेला वेला परिमार्जन गर्दै आएको र उक्त नियमहरुलाई विश्व पौडी संग आवद्ध भएका राष्ट्रहरुमा जानकार गराउनका लागि यस्ता किसिमका अफिसियल क्लिनिकहरु संचालन गर्दै आईरहेको छ ।
क्लिनिकमा सफल निर्णायकहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले दिक्षित भएको प्रमाण पत्र प्रदान गरे ।

Comment