पामलाई चौथो नेकोस जुडो उपाधी

????????????????????????????????????
पामले ७ स्वर्ण र ३ कास्य पदक प्राप्त गर्दै चौथो राष्ट्रव्यापी जुडो प्रतियोगिता २०७३ को टिम च्याम्पियन बन्न सफल भएको छ । दोश्रो भएको सितु बोर्डिङ्गले २ स्वर्ण, ४ रजत र ५ कास्य पदक पायो । त्यस्तै ओसिड २ स्वर्ण २ रजत र ४ कास्यका साथ तेश्रो भयो । राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय जुडो संघको आयोजनामा भएको प्रतियोगितामा पामका उत्तम प्रधान पुरुष तर्फ र सिडब्लुसिएनकी सुमित्रा वयलकोटी महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए । टेबल टेनिस हलमा भएको प्रतियोगिताको पुरुष ३५ केजीमा होप्याडका पदम नेपाली प्रथम, ओसिडका राम घर्तीमगर दोश्रो, होराईजनका किसान अधिकारी र सितु वोर्डिङ्गका प्रविन पान्डे तेश्रो भए ।४५ केजीमा पामका सुवोध मण्डलले सिडब्लुसिएनका सान्तोष सार्कीलाई पराजित गर्दै स्वर्ण पाए । तेश्रो स्थानमा बिबिएचका जनक तामाङ्ग र सिडब्लुसिएनका सचिन वाईवा भए । ५५ केजी तौलमा पामका रोशन दोङ्गले होप्याडका लक्ष्मण जिसीलाई हराउंदै स्वर्ण पाए । आसिडका हरिराम चौधरी र राजु ओनेमले कास्य पाए । खुला तर्फ सिडब्लुसिएनका राजकुमार तामाङ्गले एमएमएसीका धिरज प्रसाद ढकाललाई पराजित गरे । सितुका आयुष महर्जन र केन्द्रिय डोजोका विजय कुमार श्रेष्ठ संयुक्त तेश्रो भए ।
दुई दिने प्रतियोगिताको महिला ३६ केजी तौलमा सितुका रंजिता तमाङ्गले स्वर्ण र जिना तमाङ्गले रजत पाए । किड्सका लक्ष्मी विक र जया तमाङ्गले कास्य पाए । ४४ केजीमा होप्याडकी पुष्पा भन्डारीले सिडब्लुसिएनका सुमित्रा वयलकोटीलाई पराजित गर्दै स्वर्ण पाईन् । श्रृजनसिलकी कविता ढकाल र किड्सकी निर्मला सुनुवारले कास्य पाए । ५२ केजीमा नुवाकोटकी मनिता डङ्गोलले स्वर्ण, सिम्रन दियालीले रजत र पामकी पेमा यान्जी शेर्पा तथा नुवाकोटकी सर्मिला तमाङ्गले कास्य पाए । महिलाको खुला तर्फ ओसिडकी पुष्पा दमाईले स्वर्ण प्राप्त गरिन् । उनले सितु बोर्डिङ्गकी म्याक्लोनिया श्रेष्ठलाई पराजित गरेकी थिईन् । तेश्रो स्थानमा एमएभिकी रञ्जना खड्का आईन् । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी साँसद गोकर्ण विष्ट, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गरेका थिए ।

Comment