नेकोस कप जुडो सुरु

necos judo1e
चौथो नेकोस राष्ट्रब्यापी जुडो प्रतियोगिता शनीबार सुरु भयो । टेबलटेनिस प्रशिक्षण केन्द«मा जारी दुइ दिने प्रतियोगिताको पहिलो दिन महिला २५ केजी तौल समुहमा पामकी निता श्रेष्ठ पहिलो भइन् । सीतु बाोर्डीङ्ग स्कुलकी सरिता मगर दोश्रो तथा सितुकै आयशा भुजेल र ओसीड नेपालका आशमाया कामी तेस्रो भए । महिला ३० केजी तौल समुहमा न्यु होराइजन स्कुलका सकुन सुनुवार पहिलो तथा सीतुकी सुनीता मगर दाश्रो भए । पामकी रुक्सना खातुन तथा सिडब्लुसिएन सोममाया तामाङ्ग तेश्रो भए ।
४८ केजी तौल समुहमा पामकी देवकीमाया श्रेष्ठ पहिलो तथा होप्याडकी सारदा खत्री दोश्रो भए । सिडब्लुसिएनकी मुनमाया जोशी तथा नुवाकोटकी सुस्मीता तामाङ्ग तेश्रो भए । ५७ केजी तौल समुहमा सितुकी विपना खड्का पहिलो तथा आर्मीकी कल्पना विक दोश्रो भए । आर्मीकै अंशु थापा तेस्रो भइन् ।
पुरुषको केजी ३० तौल समुहमा ओसीडका राजन शाह पहिलो भए । सोही टोलीका चक्र शाही दोश्रो तथा नुवाकोटका रोज भट्ट र पामका प्रबीणकुमार वियाली तेस्रो भए । ४० केजीमा पामका प्रमोद मण्डल पहिलो,सिडब्लुसिएनका अमर गुरुङ्ग दोश्रो तथा ओसीडका आश बहादुर कामी तथा सीतुका सुरज मर्हजन तेस्रो भए ।
५० केजीमा पामका उत्तम प्रधान पहिलो भए । नुवाकोटका प्रबास भुजेल दोश्रो तथा सीतुका राजेन्द बिसुंके र होप्याडका निसान लीम्बु तेस्रो भए । ६० केजीमा पामका शुदेस दोंग पहिलो, केन्दि«य प्रशिक्षण केन्द«का अमन बजाचार्य दोश्रो तथा सिडब्लुसिएनका सन्जोग भट्ट र कैलालीका प्रकास चन्द ठकुरी तेस्रो भए ।
यस अघि पूर्व उपप्रधान मन्त्री बामदेव गौतमले प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, पूर्व युवा ताथ खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्रचार्यको पनि उपश्थिती थियो ।

Comment