जुडो खेलाडी सम्मानीत

judo sammanbe
१२ औ साग खेलका पदक विजेता जुडो खेलाडी शनीबार सम्मानीत भए । चौथो नेकोस कप जुडोको उद्घाटनको अबसरमा उनीहरुलाई सम्मानीत गरिएको हो । भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुदका नेपालका फूपू लहामु खत्रीले स्वर्ण पदक जितेकी थिइन् । यसैगरी, लीला अधीकारी र मनीता श्रेष्ठले रजत पदक जीतेका थिए । सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द« बहादुर श्रेष्ठ, रमेस मगर र शिब बहादुर बरामले काश्य पदक जितेका थिए । स्वर्ण विजेतालाई ५ हजार, रजत विजेतालाई ३ हजार तथा काश्य पदक विजेतालाई २ हजार रुपैया प्रदान गरियो । नेपालका नभएकी कारण फुपुकी दिदी डोमाले सम्मान ग्रहण गरेकी थिइन् । कार्यक्रममा प्रशिक्षक र ब्यबस्थापकलाई पनि सम्मान गरियो । सागमा टोली प्रशिक्षकको रुपमा दल बहादुर मगर र इन्द« बहादुर डंगोल रहेका थिए । यसैगरी, ब्यबस्थापकको रुमपा देवु थापा र गंगा बहादुर खड्का थिए । उनीहरुलाई पूर्व उपप्रधानमन्त्री बामदेव गौतम , नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले सम्मान गरे ।

Comment