खेलाडीलाई नगद सहित सम्मान गरिने

judo team1
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय जुडो संघले भारतको सिलोङ्गमा सम्पन्न १२ औं सागमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा भारतमा सम्पन्न बहिरा तथा दृष्टिविहिन पारा जुडो प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।
१२ औं सागमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई नगद ५ हजार, रजत पदकलाई ३ हजार र कास्य पदकलाई २ हजारले सम्मान गरिने भएको छ । त्यस्ते बहिरा तथा दृष्टिविहिन पारा जुडो प्रतियोगितामा रजत पदक विजेता खेलाडीहरुलाई नगद २ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिने संघका अध्यक्ष धर्म कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

Comment