अन्तर्राष्ट्रिय जुडोको पहिलो दिन पामलाई ७ स्वर्ण

बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बिहीबार ७ स्वर्ण जितेको छ । पहिलो दिन ११ स्वर्णको टुङ्गो लाग्दा पामले ७ स्वर्ण जित्यो । पामले पुरुषमा ४ र महिलामा ३ स्पर्धामा स्वर्ण हात पा¥यो । एपीएफले २ तथा बाँके र रुसले समान १–१ स्वर्ण हात पारे ।
नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली र ५५ केजीमुनि दीपेश गुरुङले पामलाई स्वर्ण दिलाए । फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स विक, अस्विनले एमएमएसीका दियान तामाङ, बविनले बाल विकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोसी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे ।
पुरुषकै ४५ केजीमुनि रुसका डेभिड मगोमेदोबले भुटानका निमा तेन्जिङ तथा ६६ केजीमुनि एपीएफका विशेष विकले दाङका सुन्दर राना मगरलाई फाइनलमा हराउँदै शीर्ष स्थान हात पारे ।
पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली र ५२ केजीमुनि विनीता नेपालीले स्वर्ण जिते । कृष्णाले फ्रान्सकी ली प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनीताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई पाखा लगाए ।
नयाँबजारस्थित खुशिबुँमा भएको प्रतियोगिताको महिला ३६ केजीमुनि बाँकेकी खिमा रोका पहिलो भइन् । खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई पन्छाइन् । महिला ६३ केजीमुनि फाइनलमा एपीएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई पराजित गर्दै पहिलो भइन् ।
प्रतियोगिताको नेकोसका इन्चार्ज जेएन थपलियाले एक कार्यक्रमबिच उद्घाटन गरे । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजकिस्तान र भारतका २ सय ८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो सङ्घ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रवार १२ स्पर्धाको फाइनल हुनेछ ।
लक्की र सुषमालाई स्वर्ण ः
लक्की चौधरी र सुषमा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ६ं० केजीमुनि फाइनलमा लक्कीले प्रशान्त चौधरीलाई पराजित गरे । क्षितिज ठगुन्ना तेस्रो भए ।
महिला ५२ केजीमुनि फाइनलमा सुषमाले बिपना पुनलाई पराजित गरिन् । भवानी श्रेष्ठ तेस्रो भइन् । प्रतियोगिता नेकोस र राष्ट्रिय जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा भएको हो ।
आ–आफ्नो स्पर्धामा पहिलो भएका लक्की र सुषमा जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकका लागि छनोट भएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।