च्याम्पियनले क्रिकेटको लागि आर्थिक संकलन गर्ने

chamione
क्रिकेट खेल तथा खेलाडीहरुको विकास र विस्तार गर्ने उद्धेश्यले आर.डि. मिडिया हाउसको व्यानरमा बनेको चलचित्र च्याम्पियनले च्यारिटी प्रदर्शन मार्फत आर्थिक संकलन गर्ने भएको छ ।सो अभियानको लागि जिल्ला दौडाहामा निस्केका चलचित्रसंग सम्वन्धित व्यक्तिहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उक्त चलचित्रको नाम अंकित टि–सर्ट प्रदान गर्दै विदाई गरे ।
रीना पोखरेलको निर्माण, राजेश्वर श्रेष्ठ सहनिर्माता, बि.बि.फुयालको निर्देशन, कृष्ण पोखरेल (डेकमणी) को कथामा बनेको चलचित्र च्याम्पियनको च्यारिटी प्रदर्शनबाट उठेको रकम क्रिकेट खेल र खेलाडीको विकासमा लगाउने कृष्ण पोखरेलले जानकारी गराए । च्याम्पियनमा दिक्पाल कार्की, साहिल खान, मञ्जिता के.सी., रगीस फुँयाल, जगत टमाटा र अन्डर नाईन्टिन क्रिकेट टिमको अभिनय रहेको छ ।

Comment