नेकोश जुडो शनिबारबाट

judooe
नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ, नेपालले ११ र १२ गते नेकोस चौथो राष्ट्रव्यापी जुडो प्रतियोगिता–२०७३ आयोजना गर्ने भएको छ । काठमाण्डौ सहित विभिन्न जिल्ला, उपत्यका भित्रका विभिन्न क्लब, डोजो, विद्यालय र संघसंस्था गरि ३५ टिमका महिला र पुरुष गरि करिव ३०० जना खेलाडीहरुले महिला र पुरुष गरि ८÷८ तौल समूहमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।
लैनचौरस्थित टेबल टेनिस हलमा हुने प्रतियोगितामा पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, र ७३ केजी मुनि खुल्ला र महिला तर्फ ३२, ३६, ४२, ४४, ४८, ५२, ५७ र ६३ केजी मुनि खुल्ला विधालाई समावेस गरिएको छ । ६ लाख पाँच हजार अनुमानित बजेट रहेको प्रतियोगितामा विजेता खेलाडीहरुले मेडल र प्रमाण पत्र, उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने टिमले शिल्ड तथा प्रमाणपत्र र उत्कृष्ठ महिल र पुरुष एक एक खेलाडीलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने समेत सम्मेलनमा जानकारी गराईयो ।

Comment