मैत्रीपुर्ण क्रिकेटको उपाधी दाङलाई

dang cricketeसल्यान क्रिकेट संघले आयोजना गरेको सल्यान, रुकुम र दाङको योङ स्टार युवा क्लवविचको त्रिपक्षिय मैत्रीपुर्ण खेलको उपाधी दाङको योङ स्टार क्लवले जितेको छ । बिहिबार भएको फाईनलमा रुकुमलाई ७४ रनले हराउदै योङ स्टारले उपाधी जितेको हो ।योङ स्टारले दिएको १ सय ३३ रनको विजयी लक्ष पछ्याएको रुकुम १४ दशमलव १ ओभरमा सबै १० विकेट गुमाउदै ५८ रनमा सिमित भएको थियो । रुकुमका कप्तान विवश गिरीले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

योङ स्टारका केशव अधिकारी र नेत्रमणी पाण्डेले ३÷३ लिए भने कप्तान रुपेश शर्मा सहित सदगुण गिरी र बिनोद मल्लले समान १÷१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको योङ स्टारले १८ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । बिनोद मल्लले सबैभन्दा बढी ४३, केशव अधिकारीले १५ र दिपेश शाक्यले १२ रनको योगदान गरेका थिए । योङ स्टारलाई अलआउट गर्ने क्रममा रुकुमका विरसिंह ओली र कुल प्रसाद ओलीले समान ३÷३ लिए ।त्यस्तै अक्षय गौतमले २, कप्तान विवश गिरी र गोविन्द शाहीले १÷१ विकेट लिन सफल भए । रुकुमका कप्तान विवश गिरी प्रतियोगीताको वेष्ट व्याट्स म्यान, योङ स्टारका केशव अधिकारी वेष्ट वलर र योङ स्टारकै विनोद मल्ल म्यान अफ द सिरिज घोषित भए ।

सल्यानलाई खेलमा स्थापित गर्ने र सल्यान, रुकुम तथा दाङमा क्रिकेट विकासका लागी टेवा पु¥याउने उद्ेश्यले सल्यान क्रिकेट संघले खेल आयोजना गरेको हो ।सल्यान क्रिकेट संघका अध्यक्ष सबिन हमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन बुद्धिप्रकाश हमालले गरेका थिए ।

Comment