त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङ भिड्ने

 

सल्यानमा जारी त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङको योङ स्टार युवा क्लवविच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको खेलमा सल्यान दाङसंग ८ विकेटले पराजित भएपछि रुकुम फाईनल प्रवेश गरेको हो । पहिलो खेलमा रुकुमसंग ४ रनको झिनो अन्तरले पराजित सल्यान दाङसंग ८ विकेटले पराजित हुदैं प्रतियोगीताबाट बाहिरिएको छ ।खलंगाको त्रिभुवन जन उच्च मावि लुहापिङमा टस जितेर पहिले व्याटिङ गरेको सल्यानले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । सल्यानका निरेश श्रेष्ठले २५ बलमा ३५ रन र आशिष सिंहले २८ बलमा १९ रन बनाए । दाङका केशव अधिकारीले ३ तथा कप्तान रुपेश शर्मा र सुदिप नेपालीले २÷२ र विनोद मल्लले १ विकेट लिएका थिए । १ सय ३ रनको लक्ष सहित जवाफि मैदानमा उत्रिएको दाङले विनोद मल्लको अर्धसतकिए पारी संगै १४ औं ओभरको खेलमा मात्र २ विकेट गुमाउदै लक्ष पुरा ग¥यो । मल्लले ५२ बलमा ५८ रन बनाएका थिए भने सफल पुरीले २३ बलमा २५ रनको पारी खेले ।

अर्धसतकिय पारी संगै १ विकेट लिने दाङका विनोद मल्ल म्यान अफ द म्याच घोषित भए । फाईनल खेल बिहिबार हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक सल्यान क्रिकेट संघका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो । त्यस्तै म्यान अफ द सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट बलर र प्रत्यक खेलका म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ ।सल्यानलाई खेल क्षेत्रमा स्थापित गर्ने र सल्यान, रुकुम तथा दाङको क्रिकेट विकासमा टेवा पु¥याउने उद्ेश्यले त्रिपक्षिय मैत्रीपुर्ण खेल आयोजना गरिएको सल्यान क्रिकेट संघले जनाएको छ ।

Comment