सल्यानमा मैत्रीपूर्ण क्रिकेट सुरु

salyan cricketसल्यान, रुकुम र दाङको योङस्टार युवा क्लव विच त्रिपक्षीय मैत्रीपुर्ण खेल सल्यानमा सुरु भएको छ । सल्यान क्रिकेट संघको आयोजनामा संचालन भएको खेलको राष्ट्रिय खेकलुद परिषद (राखेप)का सदस्य उपेन्द्र पौडेलले उद्धघाटन गरे । सल्यानलाई खेल क्षेत्रमा स्थापित गर्ने र सल्यान, रुकुम र दाङको क्रिकेट विकासका लागी टेवा पु¥याउने उदेश्यले खेल आयोजना गरिएको आयोजकले बताएको छ । उदघाटन कायक्रममा बोल्दै प्रमुख अतिथि एवं राखेप सदस्य पौडेलले यस खेलले सल्यान, रुकुम र दाङमा क्रिकेट विकासका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । क्रिकेट विकासका निम्ती भौतिक पुर्वाधारको विकास हुनुपर्ने  बताए । सल्यानको खलंगा स्थित त्रिभुवन जन उच्च माध्यामिक विद्यालय लुहापिङमा सुरुभएको खेल आगामी ९ गते सम्म आयोजक सल्यान क्रिकेट संघका अध्यक्ष सबिन हमालले जानकारी दिए ।
प्रतियोगीतामा रुकुमले विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा आयोजक सल्यानमाथी ४ रनको रोमाञ्चक जित हात पार्दै रुकुमले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले व्यटिङको निम्तो पाएको रुकुमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो । १ सय १३ रनको विजयी लक्ष सहित जवाफि मैदानमा उत्रिएको सल्यान १५ ओभरमा सबै १० विकेट गुमाउदै १ सय ८ रन मा सिमित भयो ।
बलिङतर्फ रुकुमका कप्तान विवस गिरी (तारा) र कुल प्रशाद ओलीले समान ३÷३ विकेट लिए । त्यस्तै विरसिङ ओली र अक्षय गौतमले समान २÷२ विकेट हात पारे । सल्यानका सन्तोष सिङ र निरेश श्रेष्ठले १७÷१७ तथा विरजन शाह ले १३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेकन् । पहिले व्याटिङ गरेको रुकुमले लोकेन्द्र चन्दको अविजित ३० र कप्तान विवश गिरीको २८ रनको मदतमा १ सय १२ रनको योगफल खडा गरेको थियो ।

Comment