पारसको शतकमा नेपालको जित

विश्व क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो चरणमा नेपाल दुवै खेलमा जीत हात पार्न सफल भएको छ । कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले नामिबियाबिरुद्ध दोस्रो जित हात पारेको हो ।सोमबार भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । नेपालको जितमा कप्तान पारस खड्काको सानदार कप्तानी इनीङ्ग महत्वपूर्ण रह३यो । २४० रनको लक्ष्य नेपालले अन्तिम बलमा बाँकी छँदा ७ विकेट गुमाएर पूरा ग¥यो । पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको योगदान गरे ।
त्यस्तै शरद भेषावकरले पनि ७४ रनको अविजित पारी खेले । उनले १०७ बलमा ६ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल २२ र नरेश बुढाएर ६ रनमा आउट भए पछि शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जीतको आधार तयार भएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो । नामिबियाका लागि ओपनर कप्तान स्टेफल बार्डले ५१ र जेन ग्रिनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले पनि ४३ रनको अविजित पारी खेलेका थिए ।
बलिङतर्फ नेपालका स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २र२ विकेट लिए । नामिबियाका तीन ब्याट्सम्यान रनआउट भएका थिए । विश्व क्रिकेट लिगमा नेपालले दुई खेल जीतेर ४ अंक जोडेको छ ।

Comment