जेयुए क्याडेट जुडो च्याम्पियनसिप कोचीमा हुने

Manoj Shiama
17 April, 2016 6:07 pm

जुडो युनियन अफ एशियाको कार्यकारी समितिले जेयुए क्याडेट तथा जुनियर एशियन जुडो च्याम्पियनसिप भारतको कोचीमा गर्ने निर्णय गरेको छ । च्याम्पियनसिप ६ देखि ११ सेप्टेम्बर २०१६ मा आयोजना गर्ने समितिले निर्णय गरेको छ । साथै अन्तराष्ट्रिय जुडो महासंघले आयोजना गर्ने क्षेत्रिय रेफ्री सेमिनार कोचीमानै ४ सेप्टेम्बरमा गर्ने भएको छ ।
कार्यकारी समितिको बैठकले जुडो युनियन अफ एशियाको आयोजनामा बिशेषज्ञ सेमिनार २०१६ मा चाईनिज ताईपेईमा गर्ने, २०१७ मा जेयुए एशियन क्याडेट तथा जुनियर जुडो किर्गिस्तानमा गर्ने, एशियन युथ ओलम्पिक २०१७ मा जाकार्तामा गर्ने, सिनियर एशियन जुडो अप्रिल १४ देखि १७, २०१७ मा हङ्गकङ्गमा आयोजना गर्ने र एशियन प्रतियोगिता २०१८ मा जाकार्तामा गर्ने निर्ण गरेको बैठकमा सहभागी नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाएका छन् ।