एशियन च्याम्पियनसिपमा नेपाल पराजित

judoe
उज्वेकिस्तानको तासकेन्तमा आयोजित एशियन सिनियर जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीहरु पहिलो चरणबाटनै बाहिरिएका छन् । नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठका अनुसार पुरुष ६६ केजी मुनि रमेश मगर अफगानिस्तानका आर्यन मोहम्मद रसिद संघ उचिमाता ईप्पोनको आधारमा पराजित भए । उनी १.५२ मिनट रिङ्गमा टिकेका थिए । त्यस्तै लिला अधिकारी भियतनामकी न्युगेन थ्वई संग र दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी फुपु ल्हामु खत्री चाईनिज ताइपेईकी हुवाङ्ग शि हान संग ओसाईकोमीको आधारमा पराजित भईन् । उनी २.४५ मिनट रिङ्गमा टिकेकी थिईन् ।
यसैगरि अर्का खेलाडी मनिता श्रेष्ठ प्रधान जापानकी यामामोतो अन्जी संग ओसाईकोमीमा पराजित भईन् । एशियन जुडो युनियनको आयोजनामा भएको प्रतियोगितामा ३१ राष्ट्रका २६५ खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएको महासचिव श्रेष्ठले जानकारी गराए ।

Comment