नामीबीया माथि नेपालको जित

नेपालले नामीबीयासंगको आइसीसी वल्र्ड क्रिकेट लीग च्याम्पियनसीपको शनीबार भएको खेलमा ५ विकेटको जित हात पारेको छ । नामीबीयाले छाडेको १९६ रनको लक्ष्य सहित ब्याटिङ्ग गरेकोे नेपालले १७ बल बाकी रहदा ५ विकेटको क्षतीमा १९७ रन प्रहार ग¥यो ।
नेपालका लागि शरद भेषवाकरले अविजित ५० तथा बिनोद भण्डारीले ४० रन जोडे । यी दुइले छैटौ विकेटका लागि अविजित ८४ रनको साझेदारी गरे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नामीबीयाले नौ विकेटको क्षतीमा १९५ रनको योगफल खडा गरेको थियो । नामीबीयाका लागि सारेल बर्गरले सर्वाधीक ३८ रनको योगदान गरे । पिक्कीया फ्रान्स र जेजे स्मीटले सर्वाधीक २६÷२६ रन जोडे । नेपालका बसन्त रेग्मीले १० ओभरमा ४० रन खर्चीदै ३ विकेट लीए । यसैगरी, सोमपाल कामीले दुइ विकेट लीए ।

Comment